बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमलीला’ मा हिन्दी गीत ‘जाने क्या हुवा ए’

सोमबार, २६ कात्तिक २०७५, १७ : ०३
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं – अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अलि खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’ले ‘जाने क्या हुवा ए’बोलको पहिलो गीत सार्वजनिक गरेको छ ।  अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको यो गीत हिन्दी भर्सनमा रहेको छ । गीतको भिडियोमा कलाकार दिपशिखा र अली देखिएका छन् । 

पवन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा डाक्टर सागरको शब्दमा रविराज शाहको संगीत छ । गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् ।

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय देख्न सकिन्छ ।  नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । 

सुनिल मानन्धरको वितरण रहने फिल्म २५ माघबाट देशभर प्रदर्शनमा आउनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप