मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चकी नन यसरी बनिन् चर्चित पोर्नस्टार

सोमबार, २६ कात्तिक २०७५, १३ : ०२
सोमबार, २६ कात्तिक २०७५

नन बन्ने उद्देश्य बोकेकी एक धर्मपरायण युवतीले थुप्रै वर्षसम्म ईसाई धर्मको धार्मिक स्कूलमा प्रवेश लिनका लागि ननको पढाई गरिन् तर अन्त्यमा उनी संसारको चर्चित पोर्न स्टार बनिन् । गत हप्ता जब यो कहानी मिडियामा सार्वजनिक भयो तब मानिसहरु अचम्मित भए ।

कोलम्बियाकी यी सुन्दर युवतीले बाल्यकालमा एउटा सपना देखेकी थिइन् – इसाई धर्मको श्रेष्ठ भिक्षुणी बन्ने । जुन उमेरमा युवतीहरु ग्ल्यामर, सुख सुविधा र राम्रो करियरबारे सोचिरहेका हुन्छन्, त्यो उमेरमा उनले नन बन्ने सपना पालेकी थिइन् । उनी यति धार्मिक थिइन् कि बाइबलको हरेक अध्यायको प्रत्येक लाइन उनले रटेकी थिइन् ।

यसरी एक नन पोर्न स्टार बनिन्ः

२८ वर्षे युडी पेनेदा कोलम्बियाको उत्तरी पश्चिमी इलाका इतुआंगोमा बस्छिन् । अब उनले धर्मलाई किनारा लगाएर पूर्ण रुपमा एडल्ट फिल्ममा लीन भइसकेकी छिन् । एडल्ट मुभीमा उनलाई रुचाउनेको एउटा ठूलो संख्या छ ।

आठ वर्षसम्म लिएकी थिइन् कडा धार्मिक शिक्षाः

युडी पिनेडाले एक कन्भेन्टमा आठ वर्षसम्म नन बन्ने तालिम लिइन् तर २२ वर्षको उमेरमा उनी पोर्नस्टार बनिन् ।

पिनेडाले एक अन्तर्वार्तामा भनिन्, ‘जब हाम्रो स्कूलमा नन आइन् तब म उनीसँग निकै प्रभावित भएँ । त्यतिबेला मलाई पनि महसुस भयो कि म नन बन्न चाहन्छु । मैले नन बन्ने तालिम लिनका लागि कन्भेन्ट भर्ना भएँ । आठ वर्षसम्म धार्मिक तालिम लिएँ ।’

आखिर कसरी पुगिन् एडल्ड इन्डष्ट्रि ?

पिनेडा १० वर्षको उमेरमा कन्भेन्ट भर्ना भइन् । आठ वर्षसम्म उनी त्यहाँको अनुशासनमा पूर्ण रुपमा बाँधिइन् । आफूलाई कन्भेन्टको शिक्षा र अनुशासनसँग निकै प्रेम भएको उनी बताउँछिन् । तर त्यहाँको धार्मिक गुरुसँग प्रेममा परेपछि मलाई थाहा भयो कि ननको जीवन मेरो लागि होइन ।’

त्यसपछि उनले जुआन बुस्टोस नामका एक व्यक्तिलाई भेटेको जसले एडल्ट वेबक्याम पोर्टलका लागि सुन्दरीहरु छनोट गर्दथे ।

उनका धार्मिक गुरु उनको नयाँ करियरको विरुद्धमा थिए । तर पिनेडाले कास्टिङमा भाग लिइन् र तत्काल छनौट भइन् ।

‘सुरुमा मलाई निकै नराम्रो लागेको थियो तर म अहिले यो पेशामा सहज छु,’ उनले भनिन् । ‘साथै म चर्चमा जान पनि रुचाउँछु । म शुक्रबारको प्रेयर, शनिबारको मिटिङ र आइतबारको मासलाई कहिले पनि छुटाउँदिनँ ।’

पोर्न करियरको वकालतः

उनी आफ्नो पोर्न मुभी करियरको वकालत गर्छिन् । यसलाई सुन्दर र कलात्मक बताउँछिन् । यसमा कुनै खराबी नभएको पनि उनी बताउँछिन् ।

अब उनी खुल्ला रुपमा भन्छिन्, ‘एडल्ट फिल्ममा म जे गर्छु त्यो सबै मलाई राम्रो लाग्छ । अब मलाई लाग्छ कि मैले गर्न चाहेको काम यहि हो ।’

यसरी एक समर्पित नन आफ्नो करियर परिवर्तन गरेर पोर्न स्टार बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप