शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम विश्वयुद्धको मैदानबाट एक सैनिकले पोष्टकार्डमा पेन्टिङ बनाएर प्रेमिकालाई पठाएको चिट्ठी

सोमबार, २६ कात्तिक २०७५, १० : ५६
सोमबार, २६ कात्तिक २०७५

बीबीसी

प्रथम विश्वयुद्ध समाप्त भएको सय वर्ष पूरा भएको छ ।

यो मौकामा संसारका ७० ठूला नेता पेरिसमा आयोजित एक कार्यक्रममा समावेश भए । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि समावेश थिए ।

यो मौकामा संसारभरी विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ । ब्रिटेनमा भएको समारोहमा विश्व युद्ध लडिसकेका थुप्रै जवान पनि समावेश भए ।

सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धमा करिब ९८ लाख सैनिक र एक करोड सर्वसाधारणको मृत्यु भएको थियो ।

युद्धको पश्चिमी मोर्चाबाट एक जर्मन सैनिकले हातले पेन्ट गरेका केही पोस्टकार्ड पठाएका थिए । यी पोस्टकार्डमा पहिलो विश्वयुद्धबारे मानिसहरुको दृष्टिकोण र अनुभव भेटिन्छ । तपाईं पनि हेर्नुहोस् यी पेन्टिङ

ओटो शुबर्ट (१८९२–१९७०) २२ वर्षका थिए जब उनलाई युद्धमा लड्न पठाइयो । उनी कलाका छात्र थिए । युद्धको क्रममा उनले थुुप्रै पोस्टकार्डमा युद्धसँग जोडिएको पेन्टिङ बनाएर आफ्नी प्रेमिका इरमालाई पठाउने गर्दथे ।

ईप्रस र वर्डनले युद्धको क्रममा ओटोले सेनाको तर्फबाट जारी गरेको दर्जनौं पोस्टकार्डमा युद्धको यथार्थ र त्यसको भयानक पक्ष दर्साए ।

युद्ध समाप्त भएपछि शूबर्ट एक ग्राफिक आर्टिस्टको रुपमा स्थापित भए ।

फिल्ड पोस्टकार्ड (पोस्टमार्क २७ नोभेम्बर सन् १९१५)

‘मेरी प्यारी इरमा ! हिजो राती तिम्रो चिट्ठी पाएँ । रोकाउमा अहिले कति सुन्दर वातावरण होला । म त्यहाँ भएको भए कस्तो रमाइलो लाग्थ्यो होला । अब अर्को जाडो महिनामा त्यहाँ हुने आशा राख्छु । के भन्छौ तिमी ? तिम्रो आमा–बुवालाई मेरो अभिवादन । मसँग फिल्डकार्ड कम छन् । तिमी चाहन्छौ भने कहिले काँही त्यस्तै पोस्टकार्ड पठाउन सक्छौ जुन पछिल्लो पटक पठाएकी थियौ । त्यसमा पेन्टिङ गर्न निकै सजिलो छ । आशा गर्छु तिमिलाई राम्रै छ । फेरि लेख्नेछु ।’

१५ डिसेम्बर सन् १९१५, फ्रान्सको एउटा सानो गाउँः

‘प्यारी इरमा ! हज्जारौं अभिवादन । तिम्रो ओटो । मेरा लागि धेरैभन्दा धेरै लेखिराख । तिम्रो तर्फबाट लामो समयदेखि कुनै चिट्ठी पाएको छैन । हिजो फिल्ड पोस्टकार्ड भेटें । मैले तिम्रो भाइलाई पनि एउटा पोस्टकार्ड पठाएँ । म साँच्चै नै जिन्दगीबाट आजित भएको छु ।’

२३ डिसेम्बर सन् १९१५, दिनको सबैभन्दा सुन्दर घन्टाः

‘प्यारी इरमा, हज्जारौं अभिवादन, ओटो । चिट्ठी पाएको छु । एउटा राम्रो चिट्ठी तर पत्रिकामा शान्तिको झलक टाढा टाढासम्म पनि भेटिँदैन ?’

जनवरी १६, सन् १९१६

‘मेरी प्यारी इरमा ! आज बिहान तिम्रो चिट्ठी पाएँ, पत्रिका र प्याकेज । म निकै खुसी भएँ । अब म राम्रोसँग खाना खानेछु । घरमा बसेर सँगै खाना खानुको पल कति रमाइलो हुन्थ्यो होला । तिमीलाई हजार पटक अभिवादन । तिम्रो ओटो ।’

२५ फेब्रुअरी, सन् १९१६ः

‘प्यारी इरमा ! जतिसक्दो चाँडो तिम्रो चिट्ठीको जवाफ दिनेछु । म अहिले पूर्ण रुपमा ठिक महसुस गरिरहेको छैन । तर आशा गर्छु कि यो अस्थायी हुनेछ । तिम्रो अटो ।’

१ अप्रिल सन् १९१६, फ्रेन्च सैनिकको कैदमाः

‘प्यारी इरमा, अभिवादन । तिम्रो ओटो । घरमा पनि अभिवादन । घुम्न जानका लागि निकै राम्रो मौसम ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप