बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिग्वाइन भिलेन बनेपछि युभेन्टसद्वारा मिलान पराजित

सोमबार, २६ कात्तिक २०७५, १० : ४४
सोमबार, २६ कात्तिक २०७५

एजेन्सी । आफ्नो पूर्व टोली युभेन्टसबिरुद्ध गोन्जालो हिग्वाइनले पेनाल्टी मिस गर्नुका साथै रातो कार्ड खाएपछि एसी मिलान युभेन्टससँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

आइतबार भएको खेलमा मारियो मान्डुच्किचले खेलको आठौँ मिनेटमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

त्यसपछि हिग्वाइनले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाए पनि गोल गर्नबाट चुकेको हो ।

खेल सकिन ९ मिनेट बाँकी छँदा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसको जीत सुनिश्चित गरे ।

लगत्तै हिग्वाइनले दुई पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।

अर्जेन्टिनी स्ट्राइकरले युभेका डिफेन्डर मेहदी बेनाटियालाई फल हाने पछि पहिलो पहेँलो कार्ड खाएका थिए । त्यसपछि रेफ्रीसँग वादविवाद गरेपछि उनले दोस्रो कार्ड खाए ।

३० वर्षीय हिग्वाइन गत अगस्तमा लोनमा युभेन्टसबाट मिलान आइपुगेका हुन् ।

उता, इन्टर मिलान पनि एटलान्टनासँग ४–१ ले स्तब्ध बन्यो भने एएस रोमाले ४–१ साम्पडोरियाले पराजित गर्यो ।

लाजियो भने सासुलोसँग १–१ को बराबरीमा रोकियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप