शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउण्ड अप : म्यान्चेस्टर डर्बीमा सिटी विजयी, आर्सनल र चेल्सी रोकियो

सोमबार, २६ कात्तिक २०७५, ०९ : ५९
सोमबार, २६ कात्तिक २०७५

एजेन्सी । चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

आइतबार भएको खेलमा सिटी ३–१ गोल अन्तरले विजयी बन्यो ।

सिटीलाई जीत दिलाउन डेभिड सिल्भा, सर्जियो अगुएरो र इल्के गुन्डोगानले एक–एक गोल गरे ।

युनाइटेडका लागि एक मात्र गोल एन्थोनी मार्सियालले पेनाल्टीबाट गरे ।

जीतसँगै सिटीले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

यता, शुरुवाती १२ मध्ये चार खेल हारेको युनाइटेडले सन् १९९०–९१ सिजनपछि पहिलो पटक हो ।

यसअघि, लिभरपुलले फुलहामलाई २–० ले पराजित गर्दै केही बेरका लागि भए पनि लिगको शीर्ष स्थानमा उक्लेको थियो ।

लिभरपुलको जीतमा मोहमद शलाह र जेरडान शाकिरीले एक–एक गोल गरे ।

रेफ्रीको निर्णयका कारण खेल विवादास्पद बन्न पुगेको थियो । फुलहमका म्यानेजर स्लाभिसा जोकानोभिचले रेफ्री पाउल टिएर्नीले आफ्नो टोलीको अपमान गरेको आरोप लगाए ।

फुलहमका अलेक्सान्ड मिट्रोभिचको गोललाई रेफ्री पाउले अफसाइड करार गरेका थिए । जसको १४ सेकेण्डपछि नै लिभरपुलका लागि शलाहले गोल गरेका थिए ।

उता चेल्सीले भने एभर्टनसँग गोलरहित बराबरी खेलेपछि लिगको तेस्रो स्थानमा खस्किएको छ ।

योसँगै चेल्सीका प्रशिक्षक माउरिजियो सारी प्रिमियर लिगमा पहिलो १२ खेलमा अपराजित रहने पहिलो प्रशिक्षक बनेका छन् ।

१२ खेलपछि अहिले तीन टोली अपराजित रहेका छन् । प्रिमियर लिगमा यस्तो भएको पनि पहिलो पटक हो ।

त्यस्तै, आसर्नल पनि वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ को बराबरीमा रोकियो ।

इभान काभालिएरोले वुल्भसलाई खेलको शुरुवातमा नै अग्रता दिलाएका थिए ।

तर, खेलको अन्त्यतिर हेनेरिक मिखितारियनले गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।

आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप