शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सासँग दुरी घटाउँदै रियल

सोमबार, २६ कात्तिक २०७५, ०९ : ३८
सोमबार, २६ कात्तिक २०७५

एजेन्सी । बार्सिलोनाको पराजयको फाइदा उठाउँदै रियल म्याड्रिडले शीर्ष स्थानबाटको दुरी ४ अंकमा घटाउन सफल भएको छ ।

आइतबार राती भएको खेलमा सेल्टा भिगोविरुद्ध ४–२ को जीत हासिल गरेको हो ।

लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै करिम बेन्जेमाले रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बेन्जेमाको प्रहार पोष्टमा लागेर डिफेन्डर गुस्ताभो काब्राललाई ठोक्किँदै गोलमा परिणत भएको थियो ।

तर, सेल्टाका हुगो मालोले गोल गर्दै रियलको अग्रता कम गरे ।

सर्जियो रामोशले पेनाल्टीमार्फत रियललाई पुनः दुई गोलको अग्रता दिलाए भने काब्रालले रातो कार्ड खाएपछि ड्यानी काबायोसले रियलका लागि इन्जुरी समयमा चौँथो गोल गरे ।

इन्जुरी समयको अन्त्यतिर ब्राइस मेन्डेजले सेल्टाका लागि सान्तवना गोल गरे ।

जीतपछि रियल २० अंकसहित लिगको छैटौँ स्थानमा रहेको छ ।

अन्तरिम प्रशिक्षक स्यान्टियागो सोलारीको नेतृत्वमा रियलको यो लगातार चौथो जीत हो ।

आइतबार कै अन्य खेलमा भिल्लेरियाल रायो भायोकानोसँग २–२ को बराबरीमा रोकियो ।

सेभियाले एस्पानियोललाई २–१ गोलअन्तरले हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो भने एस्पानियोल पाँचौ स्थानमा खस्कियो ।

आलाभेस हुएस्कालाई २–१ गोलअन्तरले पराजित गर्दै लिगको चौँथो स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप