शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाका भाग्यमानीः एकै दिन तीनवटा चिट्ठा पर्यो, घर लगे ५८ करोड

सोमबार, २६ कात्तिक २०७५, ०९ : ३३
सोमबार, २६ कात्तिक २०७५

अमेरिकाको न्यू जर्सीका एक युवक एकै दिनमा एकपटक होइन, दुई पटक पनि होइन, तीन पटक भाग्यमानी साबित भएका छन् । एजवाटरका रोबर्ट स्टेवार्टले लगातार तीनवटा चिट्ठा आफ्नो नाममा पारेका छन् । पहिलो चिट्ठाबाट उनले पाँच मिलियन डलर (५८ करोड रुपैयाँ) हात पारेका छन् ।

स्टेवार्ट अवकाश प्राप्त ड्राइभर हुन् । उनले गत अगस्टमा न्यूजर्सी लट्री स्क्र्याच कार्ड किनेका थिए । नोभेम्बरमा जब उनले पाँच मिलियन डलरको ज्याकपट जितेको खबर पाए तब उनी तत्काल स्थानीय टिकट स्टोरमा गएर थप दुईवटा स्क्र्याच कार्ड किने । अचम्म के भयो भने उनले क्रमशः पाँच सय डलर र सय डलर जिते ।

चिट्ठा जितेलगत्तै उनले सबैभन्दा पहिले आफ्नी आमालाई फोन गरे । न्यूजर्सी लट्रीले जारी गरेको प्रेस विज्ञप्तिमा बताइए अनुसार उनकी आमाले छोराले पैसा जितेकोमा विश्वास नै गर्न सकिनन् ।

यद्यपी, स्टेवार्टले चिट्ठामा पैसा जितेको यो पहिलो घटना भने होइन । यसअघि उनले स्क्र्याच कार्डमा दुई हजार पाँच सय डलर लगभग तीन लाख रुपैयाँ जितेका थिए । अहिले जितेको रकम भने उनले जोगाएर राख्न चाहेको बताए । उक्त रकमले साथीभाइ र आफन्तलाई परेको बेलामा सहयोग गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप