शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन, प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त

सोमबार, २६ कात्तिक २०७५, ०९ : ०६
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको हो । 

संसदीय कार्य मन्त्री अनन्तकुमार बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । 

मन्त्री अनन्तकुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताए । 

सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री समेत रहेका अनन्तकुमार  १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप