शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीकी छोरी इशाको विवाहको यस्तो छ शाही निम्तो कार्ड (भिडियोसहित)

सोमबार, २६ कात्तिक २०७५, ०८ : १५
सोमबार, २६ कात्तिक २०७५

भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीले आफ्नी छोरी इशा अम्बानीको विवाहलाई शाही अन्दाज दिने तर्खरमा छन् । इशाको विवाहको निम्तो कार्डले यसलाई प्रस्ट्याउँछ ।

इशा र आनन्द पिरामलको विवाहको निम्तो कार्ड सोसल मिडियामा यत्रतत्र छाएको छ । उक्त निम्तोकार्ड डिजाइन गरिएको ठूलो बाकसमा प्याक गरिएको छ जसको माथिल्लो भागमा ईशा र आनन्दको अंग्रेजी नामको पहिलो शब्द ‘आईए’ लेखिएको छ ।

मुख्य बाकस खोलेलगत्तै एउटा डायरी देखिन्छ जसमा विवाहको निम्तो गरिएको छ । डायरीको चौथो पेजमा ईशा र आनन्दले लेखेको एउटा पत्र छ । झ्यालको आकार दिएर सजाइएका अन्य पानामा विवाहको कार्यक्रमबारे जानकारी दिइएको छ जसमा ‘शुभ अभिनन्दन’ लेखिएको छ ।

निम्तो राखिएको बाकस भित्र गुलाबी रङको सुनौलो इम्ब्रोइडरी गरिएको अर्को बाकस छ जुन खोल्दा गायत्री मन्त्रको धुन बज्छ । यसभित्र चारवटा साना बाकस छन् ।

मुकेश र निता अम्बानीले छोरी ईशाको प्रेमी आनन्द पिरामलसँगको विवाहको मिति डिसेम्बर १२ तारिख तोकेपछि निम्तो सार्वजनिक भएको हो ।

ईशा र आनन्दले गत मे मा इन्गेजमेन्ट गरेका थिए । विवाह अघिका कार्यक्रम मुम्बईस्थित अम्बानी निवासमा आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप