शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा फुटवल क्लिनिक “हाम्रो टिम मैदानमा”

सोमबार, ०९ साउन २०७४, ०८ : ३९
सोमबार, ०९ साउन २०७४

जनकपुरधाम - जनकपुरमा ३ दिवसीय फुटवल क्लिनिक “हाम्रो टिम मैदानमा”कार्यक्रम शुरु भएको छ । 
युवा र प्रहरी तथा सिमान्तकृत समुदाय बीच समन्वय, सहकार्य एवं सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने तथा सिमान्त्तकृत वर्ग र महिलाको न्यायमा सहज पहुँच अभिबृद्धि गर्नका लागि फुटवल क्लिनिक कार्यक्रमको आयोजना गरिएको जानकी महिला जागरण समाज जनकपुरका कार्यकारी निर्देशक राजन नेपालले जानकारी दिए । 

समुदायका विभिन्न वर्ग तथा जातजातीका सहभागितामा जानकी महिला जागरण समाजले आयोजना गरेको यो कार्यक्रमको माध्यमबाट यूवा र प्रहरीबीचको सम्बन्ध सुधार हुने धनुषाका प्रहरी प्रमुख लालमनी आचार्यले बताए ।

कार्यक्रममा प्रहरी, मुस्लीम, दलित, मधेशी, थारु, तेस्रो लिङ्गी,महिला, खेलाडी, बिद्यार्थी नेता, युवाक्लव ,पत्रकार जम्मा १२० जनाको सहभागिता छ । कार्यक्रममा ६० जना यूवा, ४० जना महिला तथा २० जना प्रहरीको सहभागिता छ ।

यूकेएड र सर्च फर कमन ग्राउण्ड तथा जानकी जागरण महिला समाज जनकपुरको आयोजनामा सुरु भएको कार्यक्रममा सहभागिहरुलाई फुटवल तथा बाहिरी र भित्री खेल खेलाउनका लागि ४ समुहमा विभाजन गरिएको बताइएको छ । खेल जनकपुरको ग्रामिण विकास मुजेलियामा सुरु भएको छ ।
 
३ दिवसीय यी फुटवल क्लीनीकको (फुटवल खेलमा) प्रशिक्षकको रुपमा फुटवल संघ धनुषाले सहयोग गरेको संघका उपाध्यक्ष सुरेश शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप