मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

क्याबिनेट बैठक : भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस

आइतबार, २५ कात्तिक २०७५, २१ : ५६
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं– सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो । 
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ । 

राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् । 

यसैबीच सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ । बैठकले अबदेखि मन्त्रीपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । 

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप