शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम–काठमाडौँ पर्यटक बस सेवा शुरु

आइतबार, २५ कात्तिक २०७५, २० : १५
आइतबार, २५ कात्तिक २०७५

धनुषा । प्रदेश नं २ को राजधानी जनकपुर र सङ्घीय राजधानी काठमाडौँ आउनेजाने पर्यटकलाई ध्यानमा राखी जनकपुर–काठमाडौँ पर्यटकीय बस सेवा आजदेखि शुरु भएको छ । 

दीपज्योति एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स प्रालिले सञ्चालन गरेको जनकपुरधाम–काठमाडौँ पर्यटकीय बसलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले हरियो झण्डा देखाएर उद्घाटन गरे ।

सो अवसरमा मन्त्री रायले हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र तथा दुई प्राचीन शहर जनकपुरधाम र काठमाडौँको पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रलाई जोड्न बस सेवाले महत्वपूर्ण योगदान पु¥याउने बताए । 

उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री अभिराम शर्माले पर्यटन क्षेत्र यस प्रदेशको मुख्य आधार रहेकाले यसलाई संवद्र्धन गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रामसरोज यादवले बस सेवा सञ्चालन भएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पर्यटकीय बस जनकपुरधामबाट बर्दिबास–सिन्धुली हुँदै काभ्रे–काठमाडौँसम्म सञ्चालन हुने ट्राभल्सका प्रबन्धक दिपक थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप