बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम विश्वयुद्ध अन्त्य भएको सय बर्ष : फ्रान्सले गर्यो अपिल

आइतबार, २५ कात्तिक २०७५, १९ : ५१
आइतबार, २५ कात्तिक २०७५

पेरिस– फ्रान्सले विश्व शान्तिका लागि जनमत सिर्जना गर्न एक भई काम गर्न विश्व नेताहरूसँग आग्रह गरेको छ ।  प्रथम विश्व युद्धको अन्त्य भएको १०० बर्ष पुगेको अवसरमा फ्रान्सले आयोजना गरेको समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका दर्जनौँ नेता सहभागी कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भने, ‘विश्व शान्तिका लागि संयुक्त रूपमा पहल गरौँ ।’ 

उनले थपे, ‘एक आपसमा डर तथा भयको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौँ । यसका लागि संयुक्त पहलको थालनी गरौँ ।’  प्रथम विश्वयुद्ध सन् १९१४ को जुलाई २८ मा शुरू भएको थियो । युद्धमा अनुमानित ९० लाख लडाकुका साथै ७० लाख सर्वसाधारणको ज्यान गएको बताउने गरिन्छ । प्रथम विश्वयुद्ध शुरू भएको चार बर्षपछि सन् १९१८ को नोभेम्बर ११ मा समाप्त भएको थियो । 

प्रथम विश्वयुद्ध समाप्त भएको अवसरमा फ्रान्सको पेरिसस्थित ‘आर्क डे ट्रिओम्फे’ मा विश्वका नेताहरू जम्मा भई निराश विश्वको आशा जगाएको दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई विश्वका प्रमुख नेताले सम्बोधन गर्नेछन् । –एएफपी 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप