बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा बैठकमा पशुपतिको फोन, भाँडियो एकता !

आइतबार, २५ कात्तिक २०७५, १७ : २९
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं । तीन राप्रपा एकीकरण प्रक्रिया तत्कालका लागि भाँडिएको छ  । 

आइतबार विहानसम्म एकताको अन्तिम गृहकार्यमा जुटेको बताएका  राप्रपाका नेताहरुले आइतबार मध्यान्ह राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीच भएको गोप्य छलफलपछि एकता भाँडिएको बताएका छन् । 

नेकपाकै मोडलमा राप्रपा एकीकरण !

स्रोतका अनुसार आइतबार दिउँसो कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहेको थियो । सोही बेला राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापालाई फोन गरे । राणाको फोन आएपछि थापा केन्द्रीय समिति बैठक छाडेर राजधानीकै एक होटलमा राणालाई भेट्न पुगे । 

त्यहाँ दुवै अध्यक्षबीच एकताबारे कुराकानी सुरु भयो । अध्यक्ष थापाले एकतापछि पार्टीको चुनाव चिन्ह गाई राख्नुपर्ने प्रस्ताव गरे । तर, राणाले थापाको प्रस्ताव ठाडै अस्वीकार गरे । 

उनले चुनाव चिन्ह हलो नै राख्नुपर्ने नत्र एकता हुन नसक्ने बताए । दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न सकेन । 

स्रोतका अनुसार चुनाव चिन्हका बारेमा दुवैले अडान नछाडेपछि एकता नै नगर्ने भन्दै राणा र थापा दुवै बाहिरिएका थिए । राणासँग कुरा नमिलेपछि थापा पुनः पार्टी कार्यलय पुगे । 

त्यहाँ राप्रपाका नेताहरु थापालाई कुरेर बसिरहेका थिए । जब थापा बैठकस्थल पुगे र भने, ‘अब तत्काल पार्टी एकता हुँदैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप