बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्योतिषशास्त्रले गरेको भविष्यबाणीबाट कोही पनि मातिन हुन्न : रेग्मी

आइतबार, २५ कात्तिक २०७५, १७ : १०
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं– मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले ज्योतिषशास्त्रलाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन् ।  मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले ज्योतिषशास्त्रले गरेको भविष्यबाणीबाट कोही पनि मातिन वा आतिन नहुने पनि स्पष्ट पारे ।

आईतबार स्वर्गीय पण्डित धर्मराज रेग्मीको स्मृतिमा तयार पारिएको पुस्तक ‘महाप्रस्थान’ को काठमाडौंमा उद्घाटन गर्दै उनले कर्मशील व्यक्तिहरुले जोतिषशास्त्रलाई उपयोग गरेर पुरुषार्थ देखाएको दृष्टान्त पनि पेश गरे ।

रेग्मीले शब्द, समय र अवसरको सदुपयोग गरेर मानिसहरु पुरुषार्थी बन्ने गरेको पनि उल्लेख गरे । उनले समय र अवसरलाई सदुपयोग गर्न पनि सबैलाई आग्रह गरे ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले स्वर्गीय पण्डित धर्मराज रेग्मीलाई व्यवहारिक र सरल जोतिषको रुपमा पनि चित्रण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप