शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किशाेरीमाथि जबरजस्ती करणी, आमा र बहिनी नै मतियार !

आइतबार, २५ कात्तिक २०७५, १६ : ३५
आइतबार, २५ कात्तिक २०७५

बुटवल–  गुल्मीको इश्मा गाउँपालिका–६ का एक युवकलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा २५ वर्षीय रेशम बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो । 

 जिल्ला प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतले आरोपीलाई पक्राउ गरी आज  जवरजस्ती करणीको मुद्दामा  अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

लक्ष्मी पुजाको दिउँसो रेशमकी दिदी र  सौतेनी आमा समेतको सहयोगमा  याे घटना भएको पीडितको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । 

 रेशमले यसअघि दुई बिहे गरेपनि दुबैले छाडेर हिँडेको र ती किशाेरीलाई तेस्रो श्रीमती हुन बाध्य बनाउने उद्देश्यले उनले जबरजस्ती करणी गरेको बताइएको छ । सोही योजनाअनुसार बहिनी र सौतेनी आमाले मतियारको भूमिका खेलेको हुन सक्ने प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका  प्रमुख  प्रहरी नावय निरीक्षक शेरबहादुर खत्रीले रेशमकी आमा र वहिनीलाई पनि सोधपुछका लागि कार्यालयमा झिकाइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप