बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा माहुरीको टोकाईबाट बृद्धको मृत्यु

आइतबार, २५ कात्तिक २०७५, १५ : २८
आइतबार, २५ कात्तिक २०७५

सिरहा– सिरहाको धनुगढीमाई नपा ४ मा माहुरीको टोकाईबाट आइतबार अपरान्ह एक वृद्धको मृत्यु भएको छ । आफ्नै खेतमा हलो जोतिरहेको बेला माहुरीले टोकेर बेहोस भएका धनगढीमाई नपा–४ जयपुरका ६० वर्षीय सुकदेव सिंहलाई घर ल्याईपुर्याउँदा मृत्यु भइसकेको देवेन्द्र सिंहले जानकारी दिए । 

सिंहका अनुसार आज बिहानपख गाउँ नजिकै हलो जोत्ने क्रममा आलीको रुखमा रहेको जंगली माहुरीले टोकेका थिए । माहुरीको टोकाईबाट बेहोस भएर खेतमै लडेका उनको घरमा ल्याईपुर्याउँदा मृत्यु भइसकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप