बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विकासमा चिनियाँ अनुभव आदानप्रदान गर्न तयार छौं : चिनियाँ राजदूत

आइतबार, २५ कात्तिक २०७५, १५ : ०४
आइतबार, २५ कात्तिक २०७५

बुटवल–  ५ नम्बर  प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।

मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी जनाएका छन् ।  

मुख्यमन्त्रीले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदूतमार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।

राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताएकी छन् ।  उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको बताइन् ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा समेत गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप