शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा जीप दुर्घटनामा १ जनाको मृत्यु, ६ घाइते

आइतबार, २५ कात्तिक २०७५, १४ : २५
आइतबार, २५ कात्तिक २०७५

बुटवल– पाल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङ्गमैनादीको चापगैरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङ्गमैनादीका ५२ वर्षीय मिनबहादुर गाहा छन् । जीप दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

रिब्दीकोट गाउँपालिकाको ठिमुरेबाट तानसेन आउँदै गरेको लु १ ज १४९६ नम्वरको जीप दुर्घटनाका घाईतेमध्ये २ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र ४ जनाको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 जीप भित्तामा ठोक्किदा सडकवाट तल खसेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप