शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फुडमान्डु आठौं वर्षमा, आज हरेक अर्डरमा ८ प्रतिशत छुट

आइतबार, २५ कात्तिक २०७५, १४ : २४
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं । काठमाण्डौंका विभिन्न उत्कृष्ट रेष्टुरेन्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिकेको छ ।

आफ्नो आठौं स्थापना दिवशको अवसरमा फुडमान्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वरको दिन हरेक अर्डरमा ८ प्रतिसत को छुट दिने भएको छ । साथै ८ जना भाग्यशाली उपभोक्ताले आउँदो ८ महिना सम्म प्रत्येक महिना ८०० बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने पनि कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ता र आवद्घ रेष्टुरेन्टहरुलाई धन्यवाद दिंदै कम्पनीका स्ांस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले भने “आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टी प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्दछौं” ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप