बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट सुरु

आइतबार, २५ कात्तिक २०७५, १४ : ११
आइतबार, २५ कात्तिक २०७५

ढाका–  बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् । 

यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियाद सहित लिटोन दास, इमरुल कायेस, मोमिनुल हक, मोहम्मद मिथुन, मुस्ताफिजुर रहिम, अरिफुल हक, मेहिदी हसन, ताइजुल इस्लाम, खालिम अहमद र मुस्ताफिजुर रहमान रहेका छन् । 

जिम्बाबेका तर्फबाट कप्तान ह्यामिल्टन मासाकाड्जा, ब्रायन चारी, ब्रेन्डन टेलर, सिन विलियम्स, सिकन्दर रजा, पिटर मूर, रेजिस चाकाबभा, ब्रेन्डोन माभुता, डोनाल्ड टिरिपानो, काइल जार्भिस र टेन्डाई चतारा रहेका छन् । 

पहिले ब्याटिङ गरिरहेको बंगलादेशले ५५ ओभरमा तीन विकेट गुमाएर १९४ रन बनाएको छ । बंगलादेशका लागि मोमिनुल हक अविजित १०४ रन बनाएर क्रिजमा छन् । 

अस्ट्रेलिया–दक्षिण अफ्रिका एक दिवसीय 

अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ । 

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले व्यक्तिगत १२५ रन र डेभिड मिलरले १३९ रनको योगदान गरेका थिए । 

अहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ११ ओभरमा तीन विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ । खेल जारी छ । 

यसअघिका दुईवटा एकदिवसीय खेलमा दुवैले एकएक खेल जितेका छन् । –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप