बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्मला पन्तको परिवार अनिश्चितकालीन धर्नामा, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध चर्का नारा (तस्बिरसहित)

आइतबार, २५ कात्तिक २०७५, १३ : ५७
आइतबार, २५ कात्तिक २०७५

कञ्चनपुर –साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ । 

निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेको हो ।

आइतबार पन्तको परिवारसहित सयौं सर्वसाधारण स्थानीय मदनचोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्नामा बसेको हो ।

 र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे । 

उनीहरुले ‘सिधा कुरा जनतासँग बलात्कारी सरकारसँग’ ‘निर्मला पन्तको हत्या सार्वजनिक गर नत्र गृहमन्त्रीले राजीनामा देउ’, ‘प्रधानमन्त्री हत्यारा लुकाउन पाइँदैन’, नेताको सिको सिकेछ प्रहरी पनि बिकेछ’ लगायतका चर्का नारा लगाइएको थियो ।

महिला अधिकारकर्मी शारदा चन्दले धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण समेत सहभागि छन् ।

यसअघि निर्मला पन्तका बाबु यज्ञराजले साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक नगरेको भन्दै आफुहरु धर्नामा बस्न लागेको बताएका थिए । उनले कि सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो भन्ने सरकारलाई सन्देश दिन पनि धर्नामा बस्नुपरेको बताए । 

निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कार पछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । घटनाको छानविनका लागि केन्द्रीय तथा

स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन । 

जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ भने पीडित परिवारका लागि न्याय टाढिदै गएको छ ।  
धर्नाका क्रमका केही तस्बिरः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप