शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तान कम जन्माउँदा कस्तो क्षती हुन्छ ?

आइतबार, २५ कात्तिक २०७५, १२ : ५७
आइतबार, २५ कात्तिक २०७५

जेम्स गेलहर/ बीबीसी

भनिन्छ, बालबालिका देशका कर्णधार हुन् । यदि बालबालिका नै भएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्न सक्छ ।

यसै खतरातर्फ इशारा गर्दै एक अनुसन्धान सार्वजनिक भएको छ जसमा भनिएको छ, महिलाको प्रजनन दरमा कमी आइरहेको छ ।

अनुसन्धानकर्ताका अनुसार यो शोधको नतिजा अचम्मित गरिदिने किसिमको छ र यसले समाजमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

अनुसन्धानमा आधारित रिपोर्टका अनुसार प्रजनन दर कम हुनुको अर्थ आधा बढी देशमा जन्म दर अस्थायी रुपमा कम हुनु हो ।

‘द लान्सेट’ मा छापिएको यो अध्ययनमा हरेक देशमा सन् १९५० देखि सन् २०१७ बीचको ट्रेन्डमा निगरानी राखियो । सन् १९५० मा महिला आफ्नो पूरा जीवनमा ४.७ बच्चालाई जन्म दिन्थे तर गत वर्षसम्म यो प्रजनन दर आधा घटेर २.४ बच्चामा आइपुगेको छ ।  

यद्यपी, विभिन्न देशमा यसमा निकै अन्तर देख्न पाइन्छ ।

नाइजर र पश्चिमी अफ्रिकामा प्रजनन दर ७.१ छ तर साइप्रसको भूमध्य द्वीपका महिला औसतमा एउटै बच्चालाई जन्म दिन्छन् ।

कति हुनुपर्छ प्रजनन दर ?

जब कुनै देशमा प्रजनन दर २.१ भन्दा तल्लो स्तरमा आउँछ तब जनसंख्या खुम्चिन सुरु हुन्छ । विशेषगरी ती देशमा जहाँ बाल मृत्यु दर धेरै छ ।

सन् १९५० मा जब यो अध्ययन सुरु भयो तब कुनै पनि देश यो श्रेणीमा थिएन ।

युनिभर्सिटी अफ वासिङ्टनमा इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशनका निर्देशक प्राध्यापक क्रिस्टफर मुरेने बीबीसीलाई भने, हामी त्यो स्थितीमा पुगेका छौं जब प्रजनन दर रिप्लेसमेन्ट लेवलभन्दा तल्लो स्तरमा छ । त्यसकारण यदि केही गरिएन भने ती देशमा जनसंख्या कम हुनेछ जसले ठूलै परिवर्तन निम्त्याउँछ  ।’

कुन देश प्रभावितः

आर्थिक रुपमा विकसित देश जस्तै युरोप, अमेरिका, दक्षिण कोरिया र अष्ट्रेलिया आदिमा प्रजनन दर कम छ ।

यसको अर्थ यो होइन कि यी देशमा बसिरहेका मानिसहरुको संख्या कम भइरहेको छ । कम्तीमा पनि अहिलेसम्म त होइन किनभने यहाँ जनसंख्याको आकार प्रजनन दर, मृत्यु दर र प्रवासनको मिश्रण हुन्छ ।

यद्यपी, प्रजनन दरमा कमीको अहिले नै धेरै असर देखिँदैन । यसका लागि थुप्रै पीढिसम्म लगातार परिवर्तनको आवश्यकता हुनेछ ।

तर प्राध्यापक मुरे भन्छन्, ‘हामी चाँडै नै त्यो स्थितीमा पुग्नेछौं जहाँ समाज कम जनसंख्यासँग जुधिरहेका हुनेछन् । ’

आधाभन्दा बढी देशमा पर्याप्त बच्चाको जन्म भइरहेको छ । तर देश जति आर्थिक रुपमा विकासित हुन्छन् त्यति नै प्रजनन दरमा कमी हुन्छ ।

प्रजनन दर कम हुनुका कारणः

प्रजनन दर कम हुनुका तीन मुख्य कारण छन्ः

– बाल मृत्युदर कम हुँदा महिलाले कम बच्चा जन्माउँछन्

– गर्भनिरोधकसम्म धेरै पहुँच

– शिक्षा र जागिरमा धेरै महिलाको पहुँच

प्रजनन दर कम हुनुलाई एक प्रकारको सफलता पनि मानिन्छ ।

देशमा यसको प्रभावः

रिपोर्टका अनुसार यसबाट प्रभावित देशले आप्रवासी बढाउने कुरामा विचार गर्न आवश्यक हुनेछ । यद्यपी, यसका लागि छुट्टै समस्या हुनसक्छ । यसबाहेक उनीहरुले महिलालाई धेरै सन्तान उत्पादनका लागि प्रोत्साहित गर्नुपर्ने हुन्छ जुन धेरैजसो सम्भव हुँदैन ।

रिपोर्ट भन्छ, ‘वर्तमान रुझानका अनुसार देशमा निकै थोरै बालबालिका हुनेछ र जनसंख्यामा ६५ वर्षभन्दा कम उमेरका मानिसहरु धेरै हुनेछन् । यसले वैश्विक समाजलाई टिकाइराख्न निकै मुश्किल हुनेछ ।’

‘यस्तो समाजमा गहन सामाजिक र आर्थिक परिणामबारे सोच्नुहोस् जहाँ बालबालिक कम र ज्येष्ठ नागरिक धेरै छन् ।’

‘जापान यो मामलामा अत्यधिक जागरुक छ । उनीहरुको जनसंख्या कम त भइरहेको छ तर मलाई लाग्छ कि पश्चिमी देश यसबाट धेरै प्रभावित हुँदैनन् किनभने प्रजनन दर आप्रवासीले भरपाई हुनेछ । यद्यपी, मानव जातीलाई यसको फाइदा पनि हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप