बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुश्री सम्पति’को यस्तो छ ‘झुम्की’ गीत

आइतबार, २५ कात्तिक २०७५, १२ : ५३
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं – २८ मंसिरमा रिलिज हुने चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले ‘झुम्की’ बोलको गीत रिलिज गरेको हो ।  गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छन्, भने उनीसँगै सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरि पनि देखिएका छन् । 

सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा मिना निरौंला र राजन इशानले स्वर दिएका छन् । गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम विश्वस्त छन् । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । 

चलचित्रको केही पहिले सार्वजनिक ‘हुकुम बक्सियोस’ गीतले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ‘झुम्की’ सार्वजनिक भएको हो । यो गीत पनि सबैको रोजाइमा पर्न सफल हुने निर्देशक सुव्रत आचार्यले बताए ।

चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने मुख्य भूमिकामा छन् भने प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफंैले लेखेका हुन् । विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार शशा यसका निर्माता हुन् ।  चलचित्र उपत्यकामा विके फिल्मस्का गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप