बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रणवीर–दीपिकाको जोडी सलमान–ऐश्वर्याको जस्तो  !

आइतबार, २५ कात्तिक २०७५, ११ : ५२
आइतबार, २५ कात्तिक २०७५

एजेन्सी । बलिउडका चर्चित निर्देशक संजय लीला भंसालीले अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको जोडीलाई सलमान खान र ऐश्वर्याको जोडीसँग तुलना गरेका छन् । 

निर्देशक भंसालीले विगत ६ वर्षदेखि प्रेमसम्बन्धमा रहेका दीपिका र रणवीरको जोडीलाई सलमान र ऐश्वर्याको जस्तै मायालु र निकै चर्चित जोडीको भएको  बताएका हुन् । 

भारतीय सञ्चार माध्यमसँगको अन्तरवार्ताको क्रममा उनले भने, ‘मेरो रणवीरसँग निकै लगाव छ । उनी राम्रो अभिनेता हुन् । मेरो जीवनमा रणवीरले खेलेका  ‘राम लीला’ र ‘बाजिराब’को भूमिका धेरै खास छ । रणवीर र दीपिकाको जोडीमा म उही जमानाको सलमान र एेश्वर्याको ‘केमेष्ट्री’ देख्छु ।’

भंसालीको तीनवटा फिल्ममा साथ–साथै काम गरेका यो जोडी यही १४ नोबेम्बरमा इटालीमा विवाह बन्धनमा बाधिँदैछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप