शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा सुरुङ खनेर ४ घरमा चोरी

आइतबार, २५ कात्तिक २०७५, ११ : २२
आइतबार, २५ कात्तिक २०७५

रौतहट– रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउका ४ वटा घरमा चोरी भएको छ । 

शनिवार राती चोरहहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको धनमाल चोरेर लगेका हुन् ।

स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ ।

त्यसैगरी स्थानिय मनोज यादवको घरबाट १० हजार नगद, एक थान सामसुङ कम्पनीको मोबाईल सेट, तथा ६ लाख बराबरको १० तोला सुनका गहना चोरेका छन् । 

त्यस्तै फेँकुदाशको घरबाट एकथान सामसुंग कम्पनीको मोबाइल, नगद तथा गरगहना गरी तीनलाख बराबरको धनमाल चोरी भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोद कुमार यादवले जानकारी दिए ।

वीरेन्द्र चौरसीयाको घरबाट नगद तथा गरगहना गरी एकलाख ५० हजार समेत गरेर १३ लाख बढिको धनमाल चोरेर लगेको सई यादवले बताए ।

चोर समुहले चारवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताएका छन् ।

घटना बारे आश्यक अनुसंधान तथा चोरसमुहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप