शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियको आगलागीले दर्जन बढी सेलिब्रिटी प्रभावितः कतिले घर छोडे, कतिले घर जेलेको टिभीमा हेरे

आइतबार, २५ कात्तिक २०७५, ११ : ०३
आइतबार, २५ कात्तिक २०७५

डेली मेल

किम कार्दासियन र कान्ये वेस्टको क्यालाबासासस्थित घर, केटलिन जेन्नरको मालिबुमा रहेको बंगला र चर्चित ब्याचलर म्यान्सन दक्षिणी क्यालिफोर्नियामा फैलिएको आगलागीको चपेटमा आएका छन् ।

टिएमजेडका अनुसार वुल्से फायर शुक्रबार कार्दासियन–वेस्टको घर नजिकै पुगेको छ ।

लगभग त्यही समयमा जेनरको तीन हजार पाँच सय स्क्वायर फुट, चार बेडरुम भएको घर त्यही आगोले ध्वस्त बनाएको रिपोर्ट सार्वजनिक भयो । यद्यपी, आगो घर नजिकै पुगेपछि त्यसले कुनै क्षती नपुर्याएको रिपोर्ट पछि प्रकाशित भयो ।

यस्तै, मालिबु नजिकै रहेको लेडी गागाको बंगला बाक्लो धुँवाले ढाकेको देखियो ।

साथै, विल स्मिथले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै आफ्नो घर चाँडै नै आगलागीको चपेटमा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

कोहल कार्दासियन आफ्नी दिदी किम कार्दासियनसँगै कालाबासासस्थित हिडन हिल्स होम्स छोड्न बाध्य भएकी छिन् ।

पूर्व फुटबल स्टार एरिक विनाल्डाले अनलाईन टिभीमार्फत् आफ्नो खाली घर जलिरहेको हेरे ।

उनीहरुसँगै अन्य थुप्रै सेलिब्रिटी जस्तै, चेर, डेनिस रिचर्डस्, एलिसा मिलानो, रेन विल्सन, गुइलेर्मो देल तोरो, रोमा डाउनी, स्कटर डेरिक्सन, मेलिसा इथरिज र मार्क हामिल प्रभावित भएका छन् ।

हिल र वुल्सेको आगो प्रशान्त महासागरको पश्चिमतर्फ बढेपछि दक्षिणी क्यालिफोर्नियाका बासिन्दालाई तत्काल आफ्नो इलाका छोड्न निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप