केन्द्रीय संस्करण
मुक्तदृष्टि

नेपाल स्वयंमा अविरल उर्जा हो

person explore access_timeकात्तिक २५, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

नेपालको राजनीतिक, भाषिक, जनजातीय लगायत विभिन्न फाँटको स्थितिबोध एवम् सांस्कृतिक अभियानका क्षेत्रमा आफ्नो छुट्टै इतिहास निर्माण गर्न सफल सरल, सुबोध, लोकप्रिय नेता पद्मरत्न तुलाधरको असामयिक निधनले धेरैलाई स्तब्ध बनायो । यसपालीको भिन्तुना यात्रा नै खल्लो भयो । 

भयङ्कर आततायीहरुलाई पनि कानुनको कठघरामा उभ्याउन नसक्ने लाचार सरकारबाट निराश जनता हामी तिहारजस्तो पूmल र बत्तीकै चाडमा पनि खुलेर हाँस्न सकेको अनुभूतिमा रहेनौं । तथापि राजधानीबासीलाई दशैंभन्दा तिहार  रमाइलो लागेको पक्ष पनि देखियो । तिहारमा राष्ट्रपतिको सवारीले बाटो छेकेन । मन्दिरहरुमा असम्वैधानिक पूजा अर्चनाका तामझाम पनि देखिएनन् । राजधानीबासीहरु सडक गल्लीहरुमा निर्वाध हिँड्न पाएका देखिए ।

नेपालीकिसानले फलाएको अदुवा आफ्नो देशमा छिर्न नदिने भारतले तिहारमा नेपाललाई नचाहिँदा नचाहिँदै ट्रककाट्रक फूल बेच्न पठाएको र त्यसले नेपाली पूmलको बाटो छेकेको देखियो । सरकारले नेपालका पूmलउत्पादक किसानहरुको उत्साहरक्षाका लागि एउटा सिन्को भाँचेको भने कतै देख्न पाइएन ।

यसपालीको तिहारमा विशेषतः राजधानी शहरहरुमा द्यौसीभैलोको मौलिक प्रवाह पनि देखिएन । कतै पीडाको आर्तनाद र कतै विलास वैभवको उल्लासले सिर्जना गरेको विषमताबाट चाडबाड बोझिलो भएको अनुभूति गर्नेहरु पनि भेटिए । चाडबाढमा विभिन्न विषयमा कोठे सम्बाद त हामीकहाँ स्वभाविकै हो । आफु सम्मिलित कोठे सम्बादमध्ये एउटा सम्बादलाई मैले यहाँ यसरी टिपेको छु ।  

“बिहानको समय थियो । म कार्यवस एक नेताजीकोमा पुगेको थिएँ । मेरो निधारतिर हेर्दै नेताजीले सोध्नुभयो, ‘तपाइँले किन टीका लगाएको ? तपाइँ त हाकिम भइसकेको मान्छे । आजको जमानामा निधारमा टीका छापेर हिँड्न तपाइँलाई असजिलो लाग्दैन ?’ उचित जवाफ त थियो । नेतालाई मुख फर्काउनु उचित थिएन । म हाँसे । मेरो मन हाँसेको थिएन ।” एक जना हाकिम साथीले मसँग आफ्नो मनको बह पोख्दै भन्नुभयो, “यस मुलुकमा कतिपय ठुलाबडाहरु विधर्ममैत्री बनेकाछन् । ती टीकाको रिस गर्छन् । यसै त म पनि टीकाप्रसाद होइन । विद्यार्थीकालदेखि वामपन्थी परिवेशमा हुर्केको हुँ । मुलुक अहिले धर्मनिरपेक्षतामा छ । म सरकारी जागीरमा छु । मलाई टीकाको मोह छैन । सधैँ टीका लाएर हिँड्दिनँ । त्यसदिन मन्दिरको बाटो निस्केको थिएँ । परिचित पुजारीले आदरपूर्वक टीका लाइदिन खोज्दा मैले नाइँनास्ति गरिनँ । नेताहरुको पारा सम्झेरै पनि नाइँनास्ति गरिनँ ।

मलाई यी नेताले यसरी सोध्छन् भन्ने सरदर पूर्वानुमान नै पनि थियो । तथापि त्यसरी ठाडठाडै सोधिसकेपछि मैले अपमानको अनुभूति गरेँ । मानिसको नितान्त व्यक्तिगत कुरामा नेताहरु किन चासो राख्छन् ? म सरकारी हाकिमका रुपमा कार्यालयसमयमा सरकारी समय र रकम खर्च हुने गरी कुनै धार्मिक कार्यक्रममा गएको त थिइनँ । त्यसो नगर्न म सचेत पनि छु । हाम्रा गाउँबस्तीहरुमा युरोप अमेरिकाका गोरा पर्यटक पनि पुग्छन् । ती कति त्यहाँ होमस्टे गर्छन् । गाउँमा कुनै पनि धार्मिक सांस्कृतिक कार्यक्रमको अवसर परेको छ भने गाउँलेले तिनीहरुलाई पनि टीका लगाइदिन्छन् । प्रसाद खान दिन्छन्ं । तिनीहरु खुसीसाथ टीका प्रसाद ग्रहण गर्छन् । हाँसखेल नाचगान र  भजनसमेतमा सहभागी बन्न पाए खुसी हुन्छन् । नेपालका नयाँ जोगीहरु भने बढी नै खरानी घस्छन् ।” साथीले धाराप्रवाह शैलीमा भन्नुभयो । म सुन्दैथिएँ । साथीले भन्नखोज्नुभएको मुख्य कुरा त अझ बाँकी नै रहेछ ।

हामी धर्मवादी थिएनौं र छैनौं पनि । हामी राज्यले धर्मनिरपेक्ष्य रहनुपर्छ भन्ने सोच राख्ने मानिस हौं । यहाँ त त्यो धर्मनिरपेक्षताको आवरणमा राजनेताहरुमा विदेशी धर्ममैत्री आयो । धर्मराजनीतिक उद्देश्यका विदेशीहरुका लागि धर्मप्रचार गर्ने अवसरको सुलभता आयो । नेपालको साविक  धर्मपरम्पराहरुमाथि  सुनियोजित अतिक्रमणको अवसर आयो । चिन्ताको विषय यत्ति मात्र हो । हुन त नेपालमा आजको यो अप्रत्यासित  धर्मनिरपेक्षताको  सापेक्ष निहितार्थ जगजाहिर नै छ ।

टेबलमा आइपुगेको चिया घुट्क्याउँदै साथीले भन्नुभयो, “अर्का एक जना ठूला नेताका कृपामा म एक शनिबार बिहान राजधानीको एउटा ठूलोे होटलमा आयोजित प्रार्थना भोजमा सम्मिलित हुन पुगेको थिएँ । जमघटमा थुप्रै विदेशीहरु पनि थिए । हाम्रा देशका गनिएका राजनेताहरु र अन्य विभिन्न ठुलाबडाहरु पनि थिए । संयोगवस म अलि ढिलो पुगेँ । प्रार्थना कस्तो रह्यो देख्न सुन्न पाइनँ । भोजमा सवै सम्मिलित भए । कतिपयले भाषण पनि गरे । सुनेँ । मनमा धेरै कुरा खेलिरहेका थिए । म भोजमा भएर पनि भोजमा हुन सकिरहेको थिइनँ । केही भनूँ त आफु सानो मान्छे !” 

“यस्ता विषायमा मैले अरु साथीहरुबाट पनि सुन्दैआएको छु ! हिजोआज नेपालमा राजनीति गर्नेहरुका लागि यो सामान्य भइसकको छ । मुलुक र जनताका लागि भने यस्ता कुरा त्यति सामान्य मात्र हुँदैनन् ” साथीको समस्याचिन्तनमा गाँसिन खोज्दै मैले भनेँ, “म तपाइँको मनोविज्ञान बुझ्छु । जागिरे बन्नुअघि तपाइँ लेखक बन्ने सपनामा हुनुहुन्थ्यो । तत्कालीन पत्रिकाहरुमा आलोचनात्मक लेखहरु लेख्नुहुन्थ्यो । तपाइँ धर्मनिरपेक्षताका पक्षमा पनि लेख्नुहुन्थ्यो । बोल्नुहुन्थ्यो । मैले पढेको छु । सुनेको छु । बिर्सेको छैन । जागीरे बनेपछि तपाइँको लेखक व्यक्तित्व हरायो । आलोचनात्मक मानसिकता हराएको छैन । देश र समाजका बारेमा चिन्ता गर्ने बानी हराएको छैन । त्यसैले तपाइँलाई बेलाबेला चिमोट्छ ।” 

मेरो कुराले आश्वस्त हुँदै साथीले भन्नुभयो, “हो, हामी धर्मवादी थिएनौं र छैनौं पनि । हामी राज्यले धर्मनिरपेक्ष्य रहनुपर्छ भन्ने सोच राख्ने मानिस हौं । यहाँ त त्यो धर्मनिरपेक्षताको आवरणमा राजनेताहरुमा विदेशी धर्ममैत्री आयो । धर्मराजनीतिक उद्देश्यका विदेशीहरुका लागि धर्मप्रचार गर्ने अवसरको सुलभता आयो । नेपालको साविक  धर्मपरम्पराहरुमाथि  सुनियोजित अतिक्रमणको अवसर आयो । चिन्ताको विषय यत्ति मात्र हो । हुन त नेपालमा आजको यो अप्रत्यासित  धर्मनिरपेक्षताको  सापेक्ष निहितार्थ जगजाहिर नै छ । आखिर नेपाली जनताले पश्चिमाहरुको विध्वंशक आकांक्षा सफल हुन त दिँदैनन् । नेपालीलाई नेपालको मायाँ छ । सवै क्रीतदास बन्न सम्भव पनि छैन ।”

“हो, यथार्थ त सतहमा आइसकेको छ । तर पनि अहिले वातावरणले अफिम पिएको अवस्था छ । सवै निद्रामै देखिन्छन् । आवाज दिन सक्नुपर्छ ।  एक दिन निद्रा खुल्छ । समग्र वातावरण व्युँझन्छ । जनता ब्युँझेपछि विकृति विसङ्गतिहरु स्वतः पाखा लाग्छन् । हामीले आशावादी हुन पनि सक्नुपर्छ ।” मैले भनेँ ।

यत्तिकैमा अर्का एक जना साथी थपिनुभयो । वहाँ एक चल्तीको पत्रिकामा सम्पादक हुनुहुन्थ्यो । एकछिनको भलाकुसारीपछि हामी पुनः देश र समाजको चर्चामा उक्ल्यौँ । कुरैकुराका नवागन्तुक साथीले भन्नुभयो, “गणतन्त्रपछिको सरकारले ठूलो अवसर गुमायो । ‘समयका चुका आदमी और डालका चुका बन्दर’ भन्छन् । नयाँ परिवेशमा नयाँ सपना छरेर आएको गणतन्त्र जनताका उत्सुकताको शिखरमा थियो । यसैबीच ०७२को भूकम्पले नव निर्माणको स्वर्णिम अवसर प्रदान गरेको थियो । भूकम्पले सोत्तर भएका गाउँबस्ती र शहरको विनाशमय अवस्थालाई नै विकासको उर्जा बनाएर जनताको सहभागिता र सरकारको पहलमा योजनाबद्धरुपमा अनुपम नमुनाका तहमा पुनर्निर्माण गर्न सकिन्थ्यो । त्यो पुनर्निर्माण मुलुकको लागि मात्र नभएर संसारकै आँखामा उत्कृष्ट दृष्टान्त बन्न पनि सक्थ्यो । यसबाट नयाँ नेपालको सपनामा ‘चार चाँद’ लाग्थ्यो । जनतामा नयाँ व्यवस्थामाथि आस्था विश्वासको नयाँ धरहरा नै उभिन्व्थ्यो । यस बाटोमा सरकार समयमै सचेत सन्नद्ध र इमानदार हुन सकेन ।

सत्तामा सिद्धान्तनिष्ठ, स्वप्नशील र दृढइच्छाशक्तिका राजनेता निस्कन सकेनन् । सरकारको कमजोरी र अन्यमनष्कतामाथि टेकेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले गरीव नेपालीको आपत्विपत्लाई पनि धर्मप्रचारको अभूतपूर्व अवसर बनाए । उनीहरु गाउँ–गाउँमा, घर–घरमा खाद्यान्नका पोका पुन्तुरा लिएर पुगे । लत्ताकपडा र पालका बण्डल लिएर पुगे । भान्छादेखि शौचालयसम्ममका साधनसामग्री लिएर पुगे । कति घर र विद्यालयको पुनर्निमाणमा योजनावद्ध बन्दै नक्सासाथ सरिक हुन पुगे । उनीहरुले मौकामा साधनसामग्री मात्र बाँडेनन् बाइबिल पनि बाँडे । घर र स्कुलभवन मात्र बनाएनन् प्रार्थना कक्ष पनि बनाए । चर्चहरु पनि बनाए ।

यो सवै हाम्रो मुलुकका  राजनेताहरुको दरिद्र मानसिकताको परिणाम थियो । नेताहरुको दरिद्र मानसिकता नै देश र जनताको दुर्भाग्य हुन पुग्यो । नेताहरुमा सकारात्मक चेतना, इच्छाशक्ति र इमान भइदिएको भए भूकम्पको विनाशलाई चौतर्फी विकासमा परिणत गर्न सकिन्थ्यो । देश र जनताको सौभाग्यमा परिणत गर्न सकिन्थ्यो । मुलुकमा पश्चिमाहरुको धार्मिक सांस्कृतिक आक्रमण अतिक्रमण पनि यतिसम्म हुन सक्ने थिएन । नेपालको प्रतिभा र श्रमको भयङ्कर पलायन पनि रोकिन्थ्यो । मुलुकले साँच्चिकै अग्रगति पाउँथ्यो ।

गरीब जनतामा पुगेर तिनीहरुका दुःखकाबीच घुलमिल हुन पाउनुलाई विदेशी धर्मप्रचारकहरुले महत्वपूर्ण अवसर बनाए । जनताको भयङ्कर अनिकालका बीच तिनीहरुले क्रिश्चियन धर्मको भकारी बसाए । यसलाई नेपालका एकथिरी राजनेतृत्वले आफ्नो सनातन नपुंसक अर्धमुदित नयनले टुलुटुलु हे¥यो । तिनका कति निर्लज्ज स्थानीय उपनेता तथा कार्यकर्ताहरुले आइएनजीओका कार्यकर्तासँगै साइटमा पुगेर जनताका अगाडि यो सबै हाम्रै पहलमा भएको हो भन्न पनि भ्याए । कतिपय निर्माण सामग्री हत्याउन पनि भ्याए । अर्को एकथरी राजनेतृत्व एनजीओ मानसिकताले स्वयम् वसीभूत थियो । त्यसले यसको दूरगामी परिणमतिर ध्यान दिनै भ्याएन । अर्को एकथरी राजनीतिक नेतृत्वलाई आफ्नै मनोरथपूर्तिको सामियाना उपस्थित भएजस्तो लाग्यो । रमाइलो लाग्यो । विदेशी धर्म र त्यसका आडमा गरिन सकिने विदेशी षड्यन्त्रका विद्रूप सम्भावनाहरु कसैको चिन्तन र चिन्ताको विषय बनेन ।

विभिन्न पार्टीको आवरणमा उत्रेका अनेकौं जाली फटाहा र ठगहरुले देशविदेशबाट भूकम्पपीडितका नाममा जुटेका चन्दा रकम र सामग्रीहरुमा खुलेआम लामोहात गरे । जनतामा पुग्न नपाई बीचबाटोबाटै साधन सामग्री आफ्नो गोदाममा पु¥याए । भूकम्पपीडितका नाममा आएका जस्ताका ट्रकहरु समेत आफ्नो निजी ढोकातिर छिराएर खुलेआम लामोहात गर्ने गराउने मन्त्री र तिनका मतियारहरु पनि भेटिए । घटनाविवरणहरु मिडियामा आए । सरकारका सवै प्रशासनहरु मौन दर्शक बनेर जात्रा हेरिरहे । यो सवै हाम्रो मुलुकका  राजनेताहरुको दरिद्र मानसिकताको परिणाम थियो । नेताहरुको दरिद्र मानसिकता नै देश र जनताको दुर्भाग्य हुन पुग्यो । नेताहरुमा सकारात्मक चेतना, इच्छाशक्ति र इमान भइदिएको भए भूकम्पको विनाशलाई चौतर्फी विकासमा परिणत गर्न सकिन्थ्यो । देश र जनताको सौभाग्यमा परिणत गर्न सकिन्थ्यो । मुलुकमा पश्चिमाहरुको धार्मिक सांस्कृतिक आक्रमण अतिक्रमण पनि यतिसम्म हुन सक्ने थिएन । नेपालको प्रतिभा र श्रमको भयङ्कर पलायन पनि रोकिन्थ्यो । मुलुकले साँच्चिकै अग्रगति पाउँथ्यो ।”

सम्पादक साथीको धाराप्रवाहले वहाँको चिया सेलाए पनि कोठाको वातावरण तातेको अनुभूति भयो । मलाई लाग्यो, ‘देश मरेको छैन । मर्दैन । नेपाली जनता कहिल्यै हारथाक मान्ने जनता होइन । हामी बोल्दैछौं त हामी सशक्त नै छौं । देशलाई सकारात्मक परिवर्तन दिन सक्ने उर्जा हामीसँग अझै पर्याप्त बाँकी नै छ । शारीरिक रुपमा पलायन बेहोर्न परेर विदेशकको चाकरीमा  खट्दा पनि नेपालीहरुको नेपालसँगको सपना मरेको छैन । शरीर जहाँ भए पनि मन र सपनाका तहमा नेपालीहरु नेपालमै छन् । तिनीहरु पनि कुनै दिन सशरीर नेपालमा हुनेछन् । संसारभरिबाट दुःखले कमाएको ज्ञान, सिप र अनुभव सवै आफ्नो मातृभूमि नेपालमै खर्च गरिरहेका हुनेछन् । तिनका जरा नेपालमै छ । मुनाहरु नेपालमै छन् । ती मात्र विदेशमा भइरहन कसरी सक्छन् ?’

“तपाइँ कता हराउनुभयो ?” सम्पादक साथीले सोध्नुभएपछि म झल्याँस्स भएँ । भनेँ, “बर्तमानमा उकुसमुकुस भएपछि पुग्ने भनेको भविष्यमै न हो । म भविष्यतिर पुगेको थिएँ । मेरो भविष्यबोधले भन्छ, — आजको प्रदूषण बढारिन सक्छ । राजनीति र संस्कृतिका आजका मृतनदीहरु भोलि जीवित र प्रवाहमय हुन सक्छन् । आज नेपाल चपाउन तिखारिएका विदेशी दाँतहरु दाह्रा किट्दाकिट्दै भोलि भाँचिन सक्छन् । निकटभविष्यमा नेपाल आफ्नै खुट्टामा उभिन र विकसित हुन सक्छ । नेपाल जरीबुटीको देश हो । बोधिसत्वको देश हो । नेपाल प्रतिभा र प्रज्ञाको देश हो । नेपाल हिमालयको देश हो । स्थितप्रज्ञ ऋषिमुनिहरुको देश हो ।  क्रान्तिचेता नेताहरुको देश हो नेपाल । स्वर्णपुष्पा भूमि, सदानीरा नदीहरु र अथक मेहनती जनताको देश हो । नेपाल स्वयम्मा अविरल उर्जा हो । असीम उर्जासम्भावनाको बीचमा संयोगवस बनिन आएका आजका मुट्ठीभर राजनेताहरु र रुग्ण, जर्जर राज्यव्यवस्था नै नेपालको इतिश्री होइन ।”
       
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...