शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

आइतबार, २५ कात्तिक २०७५, ०९ : ५७
आइतबार, २५ कात्तिक २०७५

डि आर  भट्ट
 

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित जोलाबाजमा आगलागी हुँदा ५० हजार बराबरको नोक्सान भएको छ । 

आइतबार बिहान ४ः३० बजे स्थानीय सेर सिँह महराको घरमा आगलागी हुँदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नष्ट हुदा ५० हजार बराबरको नोक्सान  भएको हो । 

इलाका प्रहरी कार्यालय पाटनका अनुसार खर तथा मकैका थुप्रा पुरै जलेर नष्ट भएका छन् भने स्थानीय र पाटन नगरपालिकाको दमकलको सहयाताले घर जल्नबाट जोगाउन सकिएको बताइएको छ ।  

आगालागीको कारण खुल्न नसकेको छैन । 

पिडित परिवारले छिमेकी कसैले आगो लगाएको आरोप लगाएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र सिँहले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप