शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका महिलालाई एसियन च्याम्पियन्स लिग हेर्ने अनुमति

आइतबार, २५ कात्तिक २०७५, ०९ : २७
आइतबार, २५ कात्तिक २०७५

एजेन्सी । इरानका सयौँ महिलालाई तेहरानमा भएको एसिया च्याम्पियन्स लिगको फाइनल खेल हेर्न अनुमति दिइएको छ ।

योसँगै शीर्ष खेलहरुमा महिलामाथि लाग्दै आएको ३५ वर्षदेखिको प्रतिबन्ध अन्त्य भएको छ ।

स्थानीय पर्सपोलिस र जापानको कासिमा एन्टलर्सबीचको खेल हर्ने पुगेका अधिकांश महिला खेलाडीहरुका आफन्त तथा महिला फुटबल टोलीका सदस्यहरु रहेको बताइएको छ ।

विश्व फुटबलको नियामक निकाय इरानसँग महिलाहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन छलफलमा रहेको छ ।

गत महिना इरान र बोलिभियाबीचको मैत्रिपूर्ण खेलमा १ सय जना महिलालाई खेल हेर्ने अवसर दिइएको थियो । तर, लगत्तै प्रतिबन्ध पुनः लागु गरिएको थियो ।

गत मार्चमा पर्स्पोलिस र तेहरानकै इस्टेकललबीचको खेल हेर्न पुगेका ३५ महिलालाई हिरासतमा लिइएको थियो ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका महिलाहरुलाई बिरलै पुरुषहरुको फुटबल खेलमा सहभागी हुने अनुमति दिइएको छ । 

सन् १९८१ यता कुनै पनि ठूलो फुटबल प्रतियोगिताहरुमा महिलालाई प्रतिन्ध गरिएको थियो ।

अन्य देशका महिला समर्थकहरुलाई भने केही खेलमा सहभागी हुने अवसर दिने गरिएको थियो ।

इरानमा महिलाहरुलाई स्टेडियममा पहुँचका लागि अभियान चलाइरहेको ओपन स्टेडियम्स नामक समूहले गत हप्ता २ लाख बढीको हस्ताक्षरसहितको ज्ञापनपत्र फिफालाई बुझाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप