शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा वडाध्यक्षमाथि हातपात, प्रहरीद्वारा हवाई फायर

आइतबार, २५ कात्तिक २०७५, ०९ : १५
आइतबार, २५ कात्तिक २०७५

बुटवल — केहि युवाहरुको आक्रमणमा परी पश्चिम रुकुमआठविसकोट नगरपालिका–३ का वडाध्यक्ष गम्भीर घाईते भएका छन् ।

तिहारको अवसरमा आयोजित मेलामा केही युवाहरुबीच झडप हुँदा वडाध्यक्ष केशरमान विक घाइते भएका हुन् । 

युवाहरु बीचको विवाद उग्र बन्दै गएपछि  नियन्त्रणमा लिन  प्रहरीले  हवाइफायरसमेत गरेको  थियो ।

जिल्ला प्रहरी कार्यालय  पश्चिका प्रमुख डिएसपी सुमित खड्काका अनुसार यस अघिको  रिसिइबीका कारण वडाध्यक्षमाथि हातपात भएको हुन सक्ने बताएका छन् । 

घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप