शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकलाई सर्पले टोक्यो, त्यसपछि लेखे आफ्नै मृत्युको कहानी

आइतबार, २५ कात्तिक २०७५, ०८ : ४१
आइतबार, २५ कात्तिक २०७५

बीबीसी

के कुनै वैज्ञानिक अध्ययनका लागि आफ्नो ज्यान दिन सक्छन् ?

इतिहासमा यस्तो कुनै एक नभई विभिन्न उदाहरण छन् । यसैमध्ये एउटा कहानी छ कार्ल पिटरसन सिमिटको ।

सन् १९५७, सेप्टेम्बरको महिना । अमेरिकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एउटा अचम्मको सर्प भेटे ।

७६ सेन्टिमिटर लामो यो सर्पको प्रजातिबारे थाहा पाउनका लागि त्यसलाई शिकागो नेचुरल हिस्ट्रि म्युजियम ल्याइयो । त्यहाँ उनको भेट चर्चित वैज्ञानिक कार्ल पिटरसन सिमिटसँग भयो ।

पब्लिक रेडियो इन्टरनेशनलसँग जोडिएकी एलिजाबेथ शकम्यानका अनुसार सिमिटलाई सरीसृप विज्ञानका एक ठूला जानकार मानिन्थ्यो ।

उक्त सर्पको शरिरमा बहुरंगी आकृति थिए । उनी सर्पको प्रजाति पत्ता लगाउनका लागि तयार भए ।

त्यसपछि सेप्टेम्बर २५ तारिखमा अनुसन्धानको क्रममा उनले थाहा पाए कि उक्त सर्प अफ्रिकी देशमा पाइने एक प्रकारको सर्प थियो ।

कस्तो  थियो त्यो सर्प ?

उक्त सर्पको टाउको बूमस्ल्यांग सर्पजस्तो थियो जुन सब–सहारन अफ्रिकाको जंगलमा पाइन्छ ।

तर सिमिट आफ्नै अनुसन्धानका लागि विश्वस्त थिएनन् ।

आफ्नो जर्नलमा उक्त अनुसन्धानबारे सिमिटले लेखेका छन, ‘मलाई यो सर्प बूमस्ल्यांग हुनुमा शंका छ किनभने यो सर्पको एनल प्लेट बाँडिएको थिएन ।’

तर आफ्नो शंका हटाउनका लागि सिमिटले जे गरे त्यसले उनको ज्यान नै लियो ।

जब सर्पले सिमिटलाई टोक्योः

सिमिट सर्पलाई निकै नजिक ल्याएर त्यसको शरिरमा बनेको आकृतिको अध्ययन गर्न थाले ।

उनी अचम्मित हुँदै सर्पको शरिर र टाउकोमा बनेको आकृति र रंगलाई हेरिरहेका थिए त्यति नै बेला सर्पले उनको औंलामा टोक्यो ।

तर सिमिट अस्पताल जानुको साटो आफ्नो औंलालाई चुसेर सर्पको विष बाहिर निकाल्ने कोसिस सुरु गरे ।

यतिमात्र होइन, उनले आफ्नो जर्नलमा सर्पले टोकेपछिको अनुभवलाई टिपोट गर्न सुरु गरे ।

आफ्नो जर्नलमा सिमिट लेख्छन्ः

– ४ः३० देखि ५ः३०ः बान्ता आउलाजस्तो महसुस भएपनि आएन । मैले होमवुडसम्म एक रेलमा यात्रा गरें ।

– ५ः३० देखि ६ः३०ः निकै चिसो र झट्का लागेको जस्तो अनुभूती त्यसपछि १०१.७ डिग्रीको ज्वरो आयो । बेलुकी ५ः३० बजे नै दाँतबाट रगत आउन सुरु भयो ।

– ८ः३० बजेः मैले दुईवटा टोस्ट खाएँ ।

– राती ९ः०० देखि १२ः२० सम्मः म आरामले सुतें । त्यसपछि मैले पिसाब गरे जसमा धेरैजसो रगत थियो ।

२६ सेप्टेम्बर बिहान ४ः३० बजेः मैले एक गिलास पानी पिएँ । बान्ता भयो । शरिरले जुन पचाउन सकेको थिएन त्यो सबै बाहिर निस्कियो । त्यसपछि मैले निकै आनन्द महसुस गरें र बिहान साढे ६ सम्म सुतें ।’

बिहान साढे ६ बजेः मेरो शरिरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँगै उसिनेको अण्डा, एप्पल सस, सेरियल्स र कफी पिएँ । त्यसपछि पिसाब भएन । त्यसको साटो हरेक तीन घण्टामा एक आउन्स रगत निस्कियो । मुख र नाकबाट लगातार रगत निस्किरह्यो तर धेरै मात्रामा होइन ।

तर त्यतिबेलासम्म ढिला भइसकेको थियोः

त्यसपछि दिउँसो साढे एक बजे उनले आफ्नी श्रीमतीलाई फोन गरे तर डाक्टर पुग्दासम्म सिमिटको पूरा शरिर पसिनाले भिजिसकेको थियो ।

उनी बेहोस थिए । अस्पताल पुुर्याउने क्रममा एक डाक्टरले उनलाई होशमा ल्याउन निकै कोसिस गरे ।

तर दिउँसो तीन बजेसम्म डाक्टरले सिमिटलाई मृत घोषित गरे । डाक्टरका अनुसार सास फेर्न समस्या भएका कारण सिमिटको मृत्यु भएको थियो ।

कसरी असर गर्छ बूमस्ल्यांगको विष ?

अफ्रिकी सर्प बूमस्ल्यांगको विष निकै तीब्र रुपमा असर गर्छ । कुनै पंक्षीको ज्यान लिनका लागि यसको ०.०००६ मिलिग्राम विष पर्याप्त छ ।

यो विषयको प्रभावले शरिरमा रगत जम्न सुरु हुन्छ फलस्वरुप रक्तसंचारमा बाधा पुुग्छ ।

त्यसपछि शरिरको विभिन्न अंगबाट रगत निस्कन सुरु हुन्छछ र त्यसपछि पीडितको मृत्यु हुन्छ ।

सिमिटको पोष्टमर्टम रिपोर्ट अनुसार उनको फोक्सो, आँखा, मुटु, मृगौला र दिमागबाट रगत बगिरहेको थियो ।

‘शिकागो ट्रिब्यून’ मा यसबारे छापिएको खबरमा सिमिटको मृत्यु अघि उनलाई अस्पताल जान सल्लाह गरिएको थियो तर उनले यसो गर्दा लक्षणमा असर पर्न सक्छ भन्दै अस्विकार गरेको दाबी गरिएको थियो ।

केही मानिसहरु सिमिटको जिज्ञासाले नै उनको ज्यान लिएको बताउँछन् ।

यद्यपी, केही मानिसहरु मान्छन् कि सिमिट यति प्रतिष्ठित वैज्ञानिक थिए कि उक्त विषको असर कम गर्ने औषधी अफ्रिकामा मात्र उपलब्ध भएको उनलाई थाहा थियो त्यसकारण उनले आफ्नो मृत्युलाई स्विकार गरेका थिए ।

पब्लिक रेडियो इन्टरनेशनलका साइन्स फ्राइडे प्रोग्रामलाई प्रस्तुत गर्ने टम केमनामारा भन्छिन्, ‘सिमिट आफ्नो मृत्यु नजिक देख्दा अलिकति पनि डराएनन् । यसको साटो उनी अन्जान बाटोमा अघि बढे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप