शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घाइते गोडिनको इन्जुरी समयमा गोलसँगै एथ्लेटिको दोस्रो स्थानमा

आइतबार, २५ कात्तिक २०७५, ०८ : २२
आइतबार, २५ कात्तिक २०७५

एजेन्सी । डिएगो गोडिनले इन्जुरी समयमा गोल गरेपछि दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

एथ्लेटिकोका कप्तान गोडिन घाइते थिए र ९१ औँ मिनेटको हेडरपछि असजिलो गरी गोलको खुसियाली मनाइरहेका थिए ।

खेलमा शुरुवाती अग्रता भने इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए । 

तर, थोमास पारिटीले खेल १–१ को बराबरीमा ल्याए ।

लगत्तै विलियम्सले पुनः बिल्बाओलाई अग्रता दिलाए पनि रोड्रीले खेल बराबरीमा ल्याए ।

घाइते रहेका गोडिन एथ्लेटिकोले तीनै सब्सिटिच्युड प्रयोग गरिसकेका कारण मात्र मैदानमा थिए ।

उनै गोडिनले खेलको अन्त्यतिर फ्रिकिकको प्रहारलाई गोलमा परिणत गर्दै एथ्लेटिकोलाई जीत दिलाए ।

शुरुमा गोललाई अफसाइड करार गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोल दिएका थिए ।

जीतसँगै एथ्लेटिको एस्पानियोललाई उछिन्दै लिगको दोस्रो स्थानमा पुगेको छ ।

तर, आइतबार सेभिया वा एस्पानियोल मध्ये कुनैले खेल जिते एथ्लेटिकोलाई उछिन्नेछ ।

यता, बिल्बाओ भने गोलअन्तरको आधारमा मात्र रेलिगेसन जोनभन्दा माथि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप