शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच गोलको थ्रिलरमा डर्टमण्डद्वारा बायर्न पराजित

आइतबार, २५ कात्तिक २०७५, ०८ : ०४
आइतबार, २५ कात्तिक २०७५

एजेन्सी । दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमण्डले पाँच गोलको थ्रिलरमा साबिक विजेता बायर्न म्युनिखलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा पकड मजबुत बनाएको छ ।

रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा पूर्व क्लबबिरुद्ध गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको शुरुवातमा नै पेनाल्टीमार्फत मार्को रियसले खेल बराबरी गरे ।

लगत्तै बायर्नले लेवान्डोस्कीको दोस्रो गोलको मद्दतले अग्रता लियो ।

यद्यपि, ६ मिनेटको अन्तरालमा रियस र पाको अल्कासेरले गोल गर्दै डर्टमण्डलाई ३–२ को जीत दिलाए ।

खेलको ९४ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरे पनि त्यसलाई अफसाइड करार गरिएको थियो ।

पराजयसँगै पछिल्लो ६ सिजनको च्याम्पियन बायर्न शीर्ष स्थानमा रहेको डर्टमण्डभन्दा ७ अंकले पछि परेको छ ।

यता, बोरुसिया मोन्चेनग्लाडब्याचले वेर्डर ब्रेमनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा कायम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप