शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, २५ कात्तिक २०७५, ०७ : २७
आइतबार, २५ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक २५ गते । आईतबार । ईश्वी सन् २०१८ नोभेम्बर ११ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि चतुर्थी,४२ घडी २४ पला,बेलुकी ११ बजेर ३० मिनेट उप्रान्त पंचमी । नक्षत्र मूल,४५ घडी ४२ पला,रातको १२ बजेर ३९ मिनेट उप्रान्त पूर्वाषाडा । योग सुकर्मा,२४ घडि ३२ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त धृति । करण वणिज,बिहान १० बजेर ३९ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त वव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि धनु । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०४ पला । फाल्गुनन्द जयन्ती ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्यभावमा गोचर गर्ने चन्द्रमाले सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा लगानिको प्रतिफल तत्काल देखिनेछैन । धर्म तथा आध्यात्मिक क्षेत्रमा समय खर्च हुनेछ । प्रयास गर्दा पढाई लेखाईमा राम्रै सफलता हात लाग्नेछ । प्रेममा नजिक हुने समय रहेको भएपनि मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । अध्ययन तथा धार्मिक शिलशिलामा यात्रा हुने योग रहेकोछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुनालेकामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पति पत्निका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा अगाडि तपाईको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसियालि छाउनेछ । आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ  । आम्दानि बढ्ने हुनालेबिलाशि जीवन यापन गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुनालेमन प्रसन्न हुनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शाहशिलो काम गर्ने जोस जागर आउँने छ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पढाई लेखाईमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिन जुनसुकै व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पन्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुँने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । शुन्दर तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग 

सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनालेआर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप