मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गाेरखामा बस दुर्घटना, १७ जना घाइते

शनिबार, २४ कात्तिक २०७५, २१ : ५४
शनिबार, २४ कात्तिक २०७५

गोरखा- गोरखामा आज साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
 तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप