शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा भाइटीका : नेपाली समुदायले यसरी मनाए

शनिबार, २४ कात्तिक २०७५, १५ : ४५
शनिबार, २४ कात्तिक २०७५

विजय थापा 
वाशिंगटन डिसी -  यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका अमेरिकामा पनि नेपाली समूदायले हर्सौल्लास साथ मनाए । 

तिहारका लागि अावश्यक सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिए ।

नेपालमा भाइटीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अमेरिकामा पनि अधिकांशले यही समयमा नै टीका लगाए । साथै टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले  समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाइयाे । 

बिशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन् । 

यसै गरि देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेलिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप