शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा बालेको मैनबत्तीबाट आगलागी हुँदा पाँच घर जलेर नष्ट

शनिबार, २४ कात्तिक २०७५, १३ : ०१
शनिबार, २४ कात्तिक २०७५

कृष्णनगर– कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् । 

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । 

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप