शरणार्थी आप्रवासीविरुद्ध कठोर बन्याे अमेरिका
वासिङटन– अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् ।
अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो ।
राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने उल्लेख गरिएको छ ।
हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।
मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाएका थिए ।
मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउने मुद्दालाई पनि ट्रम्पले आफ्नो निर्वाचनको बेला मुख्य एजेण्डा बनाएका थिए ।
मेक्सिको क्षेत्रबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई राष्ट्रपति ट्रम्पले अतिक्रमणकारीको संंज्ञासमेत दिएका छन् ।
अहिले लागू भएको नियम यसअघि नै प्रवेश गरिसकेका र कानुनी प्रक्रियामा रहेकाहरूलाई भने लागू नहुने बताइएको छ ।
कतिपयले यस नियमप्रति आपत्ति पनि जनाएकाले अदालतमा मुद्दा पर्नसक्ने समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी