बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

सोमबार, ०९ साउन २०७४, ०५ : ५६
सोमबार, ०९ साउन २०७४

काभ्रे - शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।

शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पुजा दाहालले ८ महिना अघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पुजाले राजारामसँग छोरा पुजन श्रीमानसँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन तर उनी पहिलाकै हैसियतमा श्रीमानसँगगै बसिरहिन् ।

काभ्रे घटना दुई श्रीमतीबीचको सम्पत्ति विवाद ? कान्छी प्रहरी नियन्त्रणमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप