शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्रले लगाए बहिनी शोभाको हातबाट टीका

शुक्रबार, २३ कात्तिक २०७५, १९ : ५९
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका छन् । 

बिहान ९ बजेर ४० मिनेटको साइतमा बहिनी शोभा शाहीको कमलपोखरीस्थित निजी निवासमा गएर भाइटीका लगाएका हुन् । 

टीका ग्रहणसँगै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले तिहारको शुभकामना समेत दिए । शुभकामनामा सुखी शान्ति र समृद्धि र देश विकासमा पूर्वराजा शाहको जोड थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको बताएपनि राजपरिवारमा राजपुरोहितले जुराएको साइतमा नै टीका लगाउने परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप