बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२३ वर्षपछि जन्मघरमा तिहारको टीका लगाउन पुगे महरा

शुक्रबार, २३ कात्तिक २०७५, १९ : ३४
शुक्रबार, २३ कात्तिक २०७५

रोल्पा–सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । 
रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाएका हुन् । 

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन् । 
सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन । 

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप