शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी बसपार्कमा सहचालक मृत फेला, चार जना पक्राउ

शुक्रबार, २३ कात्तिक २०७५, १९ : १२
शुक्रबार, २३ कात्तिक २०७५

धनगढी– धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिए । 
बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताए । 
उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप