बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

शुक्रबार, २३ कात्तिक २०७५, १९ : १०
शुक्रबार, २३ कात्तिक २०७५

रुकुम– रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । 

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गरेको दुर्घटना भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप