शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैदीबन्दीले लगाए भाइटीका

शुक्रबार, २३ कात्तिक २०७५, १८ : १४
शुक्रबार, २३ कात्तिक २०७५

तनहुँ– तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ । 

कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उनले भने, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका छौँ ।” 

विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित छन् । कैदीबन्दीले चाडपर्वको बेला मुढा बुनेर कमाएको पैसा घरपरिवारलाई समेत पठाउँदै आएका छन् । 
पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा हाल ४८ थुनुवा र ६२ कैदी छन् । सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दामा ३५ कैदी र चार थुनुवा छन् । त्यस्तै लागुऔषधको मुद्दामा १८ थुनुवा र दुई कैदी तथा कर्तव्य ज्यान मुद्दामा १४ कैदी र पाँच थुनुवा रहेका छन् । 

ज्यान मार्ने उद्योगमा ११ थुनुवा र दुई कैदी, भगौडाका तीन कैदी, चोरीमा संलग्न सात कैदी र तीन थुनुवा, सवारी ज्यान मुद्दाका एक थुनुवा, कुटपिट अङ्गभङ्गका दुई कैदी, काठ ओसारपसारका एक कैदी, बहुविवाहका एक कैदी, अपहरणको एक थुनुवा, डाँका एक थुनुवा तथा ओखेटोपहार ओसारपसारका एक थुनुवा र एक कैदी गरी ११० जना कैदीबन्दी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप