एक महिनाभित्रै तीन राप्रपाबीच एकता हुने
काठमाडौं–एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने बताएका छन् ।
बिहीबार आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’
उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन ।’
एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने,‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ