राजनीतिक सहमतिका आधारमा पार्टी एकता– विजयकुमार गच्छदार
विराटनगर– नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको बताए ।
दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली काँग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत हुने बताए ।
उनले नेपाली काँग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गरे ।
उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताए ।
उनले सत्ता सञ्चालन राजीखुशीभन्दा पनि विधानअनुसार चल्नुपर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिनेतर्फ सरकार चनाखो हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण