शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी सांसदको मागः गोला प्रथाबाट निर्वाचित गराउने कानुन खारेज गरौं

आइतबार, ०८ साउन २०७४, २२ : १५
आइतबार, ०८ साउन २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले गोलाप्रथाबाट निर्वाचित गर्ने कानून खारेज गर्न माग गरेका छन् ।

ब्यवस्थापिका संसदको आइतबारको बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०७४’माथि छलफलमा भाग बस्नेतले निर्वाचनमा बराबरी मत ल्याउनेलाई गोला प्रथाद्धारा निर्वाचित गराउने कानुन ठीक नभएको तर्क गरे । 

बस्नेतले निर्वाचनलाई कम खर्चिलो बनाउने गरी कानुन बनाउनुपर्नेमा विधेयकमा सोको व्यवस्था नगरिएको स्पष्ट पारे । सांसद बस्नेतले निर्वाचनलाई कम खर्चिलो बनाउन र थ्रेस होल्डसम्बन्धि विवाद समाधान गर्न निर्वाचन प्रणाली समानुपातिक र शासन प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने प्रस्ताव अघि सारे । 

यस्तै, उक्त विधेयक माथिको छलफलमा भाग दिँदै नेकपा मालेका सांसद अनिन्द्रसुन्दर नेम्वाङले सरकारले ल्याएको विधेयकले निर्वाचनमा हुने खर्चको मात्रा बढाउने उल्लेख गरे ।

विधेयकमा थ्रेस होल्डको व्यवस्था गरेर जनमतको अपमान गर्न खोजिएको आरोप पनि लगाए । ठूला दलहरुले भने संसदमा हुने विकृति रोक्न पनि थ्रेस होल्डको व्यवस्था गर्नेैपर्ने तर्क गर्दै आएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप