बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति

बिहीबार, २२ कात्तिक २०७५, २० : ४४
बिहीबार, २२ कात्तिक २०७५

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ । 

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब रु १० लाखबराबरको क्षति भएको पीडित बर्तौलाले बताउनुभएको छ । उहांँको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गर्नुभयो । 

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताउनुभयो । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उहांँको माछापोखरीमा विष हालिदिएको थियो । 

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रु नौ लाख ऋण लिएर माछापालन गरेको उहांँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप