बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिप दुर्घटना हुँदा २७ घाइते

बिहीबार, २२ कात्तिक २०७५, २० : ३४
बिहीबार, २२ कात्तिक २०७५

तुलसीपुर– दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

दुर्घटनामा परेकामध्ये पाँच जना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई नेपालगञ्ज सिफारिश गरिएको प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई शसस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याइएको थियो । आदर्श नगर युथ क्लबको देउसीभैलो बोकेको लु१च ७५१६ नं को जिप तुलसीपुर घोराही सडक खण्डको मोतीपुरगेट नजिकै उकालोमा आज दुर्घटनामा परेको थियो । 

क्षमताभन्दा बढी मान्छे राखेका कारण जिप पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए। जिपका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप